Thursday, August 11, 2016

Why I became a Pescatarian ?


Pescatarians or Pesco-vegetarians are those who do not eat meat but eat fish.

During the last International Cancer Day (February 4th), I was invited for a TV interview. There’s always a set of questions they ask to a cancer doctor - ‘What is Cancer ? What causes Cancer ? What treatment is available ?' and the other similar questions.

Interviews make me nervous, especially when it goes live. I was rehearsing in my mind - the answers I’d give and was also reading the recent articles of cancer prevention. I came across this research paper published in American Medical Association's journal in May 1, 2015. A research paper written after following 96,354 Americans belonging to a certain sect over 7 years.

Of the 77,000 who could be tracked, 490 had cancer of the lower intestine (colon/rectum). They analyzed the cancer patients among them on the basis of their food habits.They found out that people who ate meat were at the highest risk of having colo-rectal cancers compared to people who didn’t have meat. Astonishingly it was found that the risk of having colo-rectal cancers was almost half in those who were vegetarians but had fish. (in technical terms, Hazard Ratio 0.57). A big reason to quit meat had just been found, A big reason to focus on fishes.

Not just colo-rectal cancer, food with high intake of meat is also linked with cancers of breast and bladder, heart diseases, diabetes, dementia and so many other chronic diseases. Not to forget, constipation and the discomfort in your tummy after eating meat. I’m trying to balance things here - not all meats are bad, chicken and ostrich meat are considered better than the red meat of four legged animals.

But still, fishes are lot better than chicken; high on omega-3 and other fatty acids, vitamin D and other much needed micro-nutrients. There is a scientific basis to the saying “fish is good for the brain”: Docosahexaenoic acid (DHA) is one major type of Omega-3 fatty acid primarily found in fishes. It is essential for the growth and functional development and maintenance of normal brain functions. Enough of DHA in the diet improves learning ability, whereas deficiencies of DHA are associated with deficits in learning.

Epidemiological studies have also shown a strong correlation between fish consumption and reduction in sudden death from heart attacks. Besides that, consumption of fishes has protective effect against diseases such as hypertension, arthritis, atherosclerosis, depression, adult-onset diabetes mellitus, thrombosis, colitis - and the list goes on.

We all want to live a healthy life, and believe me - meat comes as a major obstacle in healthy living. I have quit meat and have fish regularly. I feel lighter, I feel more active and my bowels love me now.

Monday, May 09, 2016

Lohit Nepali Font

Hey !

Since you came here searching for it, I believe I don't need to explain what this is about.

Lohit-Nepali.ttf is a font that makes using Linux (mostly Ubuntu) in Nepali really easy, the fonts are rendered well with this font. The nuisance that the half alphabets of devnagari gave us back then is worth remembering here.

So,
here's the file you guys have been searching for,

Lohit-Nepali.ttf can be downloaded from the link below.

https://archive.org/download/LohitNepali/Lohit-Nepali.ttf

:)

Sunday, February 07, 2016

नेपालमा क्यान्सरको उपचार: हामी कहाँ छौ ?


नेपालको औसत आयु ७० पुगेको समाचारले हाम्रो स्वास्थ्य सेवामा सुधार आएको देखाउँछ । आजकल झाडा पखाला, मलेरिया, टिबी आदि रोगहरू धेरै जसो अवस्थामा नियन्त्रणमा आउँछन् । उच्च रक्तचाप, मुटु रोग, सुगर रोगहरूका निकै आस लाग्दा औषधीहरू आएका छन् , जसले गर्दा यी रोगहरू ज्यान लिने रोगबाट बिस्तारै दीर्घ रोग भएका हुन् ।

अहिलेको स्वास्थ्य विज्ञानको प्रगति हेर्ने हो भने सयौं प्रकारका क्यान्सरहरू मध्ये केही क्यान्सरहरू निको हुन थालेका छन् , धेरै जसो क्यान्सरहरू नियन्त्रणमा राखेर दीर्घ रोग जस्तै हुन थालेका छन् भने केही क्यान्सरहरू अझै पनि ‘ज्यान लिने क्यान्सर’ भनेर चिनिन्छन् ।

भर्खरै प्रकाशित एउटा अध्ययन अनुहार हामी मध्ये ४० प्रतिशतलाई कुनै उमेरमा पुगेर क्यान्सर हुनेछ । महिलामा केही कम (३७.८%) र पुरुषहरूमा अलि कति बढि (४३.३%) रोग लाग्ने सम्भावना भएको क्यान्सरको उपचार जटिल छ, महँगो छ; समय मै पत्ता लगाउन सकिएन, उपचार गर्न सकिएन भने मृत्युको कारण बन्छ ।यो अमेरिकाको डाटा हो, हामी कहाँ यो अझै बढि छ सायद, किन भने हामीकहाँ धेरै मान्छेले चुरोट, खैनी सेवन गर्छन् , हामीले खानेकुरामा विषादी प्रयोग बढि हुन्छ र हामीकहाँ क्यान्सर हुन नदिने गरि उपचार गर्ने सुविधा नै छैन ।

पश्चिमी देशहरूमा ७०% क्यान्सरका बिरामीहरूले त्यो डरलाग्दो रोगलाई जितेर अगाडि बढ्छन्, हाम्रोमा यो पनि निकै कम छ - न त हामी कहाँ क्यान्सरको उपचारलाई पुग्ने अस्पताल छन् न त पुग्ने गरि विशेषज्ञ नै । ३ करोडको जनसङ्ख्याको लागी ३० जना जति क्यान्सर रोग विशेषज्ञले कसरी पुग्थ्यो र ?

क्यान्सरको उपचारमा लगानी गर्न सरकार कहिल्यै अगाडि आउन सकेन, सायद उसको प्राथमिकताबाट जीवनजल र सिटामोल हट्नै सकेन । नेपालका दुई क्यान्सर अस्पतालहरू, भक्तपुर र भरतपुरमा थोत्रा भएका मेसिन छन् जसले ‘कानो मामा’ बनेरै भए पनि सक्दो गरेका छन् । नेपालमा क्यान्सर उपचारको लागी नभइ नहुने मेसिन (लिन्याक) भरतपुर क्यान्सर अस्पतालको लागी किनिएको नै १५ वर्ष नाघ्यो । त्यस पछि सरकारले क्यान्सर उपचारलाई फर्केर हेरेन । किनिएका ती २ मेसिन पनि अहिले जीर्ण भएका छन् - छिन मै बन्छन् छिनमै बिग्रिन्छन् र त्यही बन्ने र बिग्रिने क्रममा बिरामीको स्वास्थ्य पनि अड्किएको हुन्छ ।

निजी अस्पतालहरूले क्यान्सरको उपचारको लागी केही पहलहरू गरेका छन् तर त्यो निकै न्यून छ । हरिसिद्धिमा निकै आशा लाग्दो क्यान्सर अस्पताल खुलेको छ, अहिले सम्‍मकै सबैभन्दा राम्रो उपचार गर्न सकिने गरी विज्ञहरूको टोली छ; तर पनि पुरा उपचार गर्न चाहिने लिन्याक मसिन आउन सकेको छैन । अर्को अस्पताल काठमाडौँ उपत्यकाको पूर्वी कुनामा खुलेको छ जसले लिन्याक मसिन किनेको छ र क्यान्सर उपचार यही महिनामा सुरु गर्छ होला; त्यो दिन नेपालमा क्यान्सर उपचारको लागी एउटा अर्को महत्वपूर्ण दिन हुनेछ ।

हरेक हप्ता नयाँ औषधीहरू आउँदैछन् - हरेक नयाँ औषधीले हामीलाई अलिकति मात्र भए पनि अगाडि लगिरहेका छन् । म आशावादी छु, कुनै दिन यस्तो औषधी आउने छ जसले क्यान्सरलाई सदाका लागी दीर्घ रोग बनाइदिनेछ । तर त्यो दिन नआउँदा सम्म हामीले पनि दुनियाँ सँग सँगै हिँड्न जरुरी छ । नेपालमा कसैलाई पाठेघरको क्यान्सर हुन्छ भने वहाँले पनि उत्तिकै निको हुने सम्भावना पाउनु पर्छ जति एक जना वेलायतमा भएकी महिलाले पाउँछिन् । त्यसका लागी थप क्यान्सर अस्पताल, थप क्यान्सरका डाक्टर र स्वास्थ्यमा सरकारी लगानी बढाउन जरुरी छ ।

Tuesday, July 07, 2015

स्मारिका





(लगातार तीनवटा क्यान्सर र मृत्यु बारे व्लग लेखेकाले मान्छेहरूले मलाई हेर्ने नजर नै फरक हुन थाल्यो । त्यसैले यो एउटा कथा -- कसैसँग मेल खाए संयोग मात्र हुनेछ)

‘मलाई के ल्याइदिनुभयो काका ?’ मेरो ५ बर्षे भतिजोले मेरो झोला खोतल्दै थियो । लामो ट्रान्जिट, अनि पट्यार लाग्दो यात्रा - म थाकेको थिएँ ।
हाम्रो घर पूर्व इलाम भए पनि हामी निकै बर्ष देखि यो ठाउँमा बसेको - घरबेटी राम्रा हुन् कि हामी, थाह भएन - तर हामी त्यो घरमा बसेको १५ बर्ष भइसक्यो । काठमाडौँमा राम्रो पढाइ हुन्छ भनेर बा आमाले हामी दुई भाइलाई काठमाडौं लिएर आउनुभएको । यही घरमा बसेर हामीले स्कुल सकायौ, कलेज सकायौँ, दाइले जागीर खान थाल्नुभयो, बिहे गर्नुभयो, भाउजू पनि यहीँ भित्र्याएको, भतिजलाई पनि अस्पतालबाट यहीँ भित्र्याएको ।

----------
स्कुल सकेर कलेज पढ्ने बेला अनेकन् आकाङ्क्षाहरू थिए - म राम्रो पढेर इन्जिनियर बन्छु, पहिँलो टोपी लगाउँछु, बाटो र पुल बनाउँछु - खै किन हो, इन्जिनियरले त्यही गर्छन् जस्तो लाग्थ्यो । कलेजको पहिलो दिन देखि नै राम्रोसँग पढ्छु भनेर भर्ना गरें - तर धेरै जसो विद्यार्थीको जस्तै भयो मेरो कथा । अर्को हप्ताबाट पढ्छु, अर्को महिनाबाट पढ्छु भन्दा भन्दै पहिलो बर्ष सकियो - जेनतेन जाँच दिएँ - पास भएछु । दोस्रो बर्ष त्यस्तै, राम्रो पढ्छु भनेर आफैंलाई आशा देखाउँदैथेँ ।

----------
पहिलो बर्षका विद्यार्थी आए । स्वागत कार्यक्रम गर्ने भनेर पैसा उठाउने एउटा समुह - म अल्लारे समूहमा जोडिन्थेँ - हामी छतमा बसेर तल बगैँचामा टहलिरहेका केटीहरू हेर्दै एक अर्कालाई जिस्क्याउँथ्यौँ । पहेँलो कुर्ता सेतो सुरुवालमा पहेँलै दोपट्टा। उनी बगैँचाका फूलहरू नियालिरहेकी थिइन् । सायद मेरा मात्र आँखा थिएनन् उनलाई पछ्याउने त्यो छतबाट - तर पनि उनी मेरै हुन् जस्तो लाग्यो । सम्झिँदै हाँसो उठ्छ - देखेको एक मिनेट नि भएको थिएन, मन परेर उधुम भइसक्यो । भविष्यमा उनी नै उनी देख्न थालिसकेको थिएँ ।

---------
विद्यार्थी युनियनको सदस्य, मलाई उनको बारेमा पत्ता लगाउन धेरै बेर नै लागेन । नाम स्मारिका पौडेल, घर बानियाँटार, उमेर मेरो भन्दा ९ महिना कम, एसएलसीमा मेरो भन्दा १० प्रतिशत धेरै अँक ल्याएकी ।  स्वागत कार्यक्रममा जोर जबरजस्ती गरेर मैले गीत गाएँ, त्यसपछि उनी आएर पहिलो पटक बोलिन् ‘मलाई हजुरको स्वर मन पर्यो’ ! कुराकानी र भेटघाटका सिलसिला बढ्दै गए । उनी त्यो बेला बिहान कलेज अनि दिउँसो र अबेर साँझ सम्म एउटा रेडियोमा कार्यक्रम चलाउँथिन् । मेरो सानो मोवाइलमा सर्टकट कि थिच्यो कि त्यही स्टेसन बज्ने । हामीले ‘माया’ भन्ने शब्द बोलेनौँ तर सायद त्यो माया नै थियो, त्यो आकर्षण, त्यो मिठास, त्यो सामिप्यता, त्यो जलन । जिन्दगी सँगै बिताउने कल्पनामा हामीले ‘छोरा भए उत्सव, छोरी भए ज्योत्स्ना’ भनेर नि मानिसकेका थियौँ । लाग्थ्यो हामी कहिल्यै छुट्ने नै छैनौँ - जिन्दगी त्यसरी नै बित्नेछ ।
-----------
१२ पढिसके पछि म भित्रको इन्जिनियर मरिसकेको थियो, मेरो पढाइले म इन्जिनियर बन्न सक्छु जस्तो नै लागेन । स्मारिका भने पढाइमा तेज थिइन् , जागिर खाँदै पढाइ पनि सम्हालेकी थिइन् । मलाई चाहिँ बाबा र दाइले पढाइमा ध्यान दिनु भनेर काम गर्न दिनुहुन्नथ्यो । एक दिन पत्रिकामा ‘स्टडी इन लन्डन’ देखेँ, स्मारिका र म कलेज बाहिरको चिया पसलको कुनाको टेबलमा बसेका थियौँ । म जान्छु लन्डन, अर्को बर्ष तिमी पनि आउ है भनेँ । मैले फेरी सपना देख्न थालिसकेको थिएँ, लन्डन जाने, सँगै बस्ने, उतै जिन्दगी बिताउने, स्मारिका र म मात्रै ।

------------
सोचे भन्दा सजिलै बाबाले मान्नुभयो, दाइ बैँकमा काम गर्नुहुन्थ्यो, तेह्र लाख ऋण बोकेर मैले प्लेन चढेँ । छुट्ने बेला स्मारिकाले अँगालो हालेर ‘कुरेर बस है, म छिट्टै आउँछु’ भनेकी थिइन् । म गएँ, नयाँ ठाउँ, नयाँ साथी, नयाँ काम । अनि अहिले जस्तो सजिलै हातहातमा ईन्टरनेट नि थिएन । ईमेल र याहु च्याटमा कुरा त हुन्थ्यो, तर गाह्रो हुन्थ्यो मन भरिको माया हजारौं किलोमिटर परबाट यता पठाउन । कुराहरू पातलिँदै गए । मातेको सुरमा मैले कति पटक के के लेखेर पठाउँथे - पठाइसकेपछि पछुतो लाग्थ्यो, सरी लेखेर फेरी पठाउँथेँ ।
-------------
पहिलो केही महिना त मैले दिन गन्थेँ, १२ को जाँच कहिले हुने भयो भनेर सोधि खोजी गर्थेँ, पछि त्यो पनि गर्न छोडेँ। सम्बन्ध चिसिन थालेको थियो - केही समय नराम्ररी दुखी भएँ - पछि बिर्सिन थालेँ । यस्तै नै चलिरह्यो ।
त्यो बीचमा धेरै केटीहरूसँग धेरै प्रकारका सँगत भयो, तर स्मारिकाले मनमा ल्याउने तरङ कसैले ल्याउन सकेनन् । कहिले काहीँ याद आउँथ्यो, तर क्षणभर मै हराउँथ्यो । ५ बर्ष म बेलायतका विभिन्न शहरमा बरालिएँ- स्मारिका बाहेकको भविष्य कल्पना नै गरिएको थिईन, म भौतारिन थालें । अरु ५ बर्ष यतै बसें भने त यतैको आइडि पाइन्छ, यतै बित्छ जिन्दगी भनेर सोचेको थिएँ, तर बेलायत सरकारले नियमहरू फेर्यो, म त्यहाँ आर्थिक रुपमा टिक्नै नसक्ने भएँ, मैले नेपाल फर्किने निर्णय गरेँ ।
--------------------

‘अब यतै काम खोज्ने, विदेश बसेर पुग्यो’ मेरो साझा जवाफ सबैलाई यही थियो । ५ बर्ष अघि मेरो लागी लिइएको तेह्र लाख ऋणको मैले एक पैसा पनि चुक्ता गरेको थिइन, बाबाले एक टुक्रा जग्गा बेचेर ऋण कटाउनु भएको थियो। अब मैले थप आर्थिक भार नदिएर कसरी जिन्दगी चलाउने भनेर नजिकका टाढाका सबैलाई  ‘काम खोजिदिनु न’ भनिसकेको थिएँ । कता कताबाट एकजना भिनाजुले फोन गरेर, मेरो पसलमा काम गर्छस् ? तैँले सम्हाल्नु पर्छ भन्नुभयो । म सँग नाइ भन्न सक्ने गरि विकल्प थिएनन् । भैँसेपाटी हाइटमा एउटा सानो सपिङ सेन्टर - म सँगै अरु २ जना थिए काम गर्नलाई । मेरो काम काउण्टरमा बस्ने बाहेक सामानहरूको डेलिभरी लिने हुन्थ्यो । बिहान र बेलुका अलि भिड हुन्थ्यो, नत्र दिनभरी खाली नै हुन्थ्यो, म ईन्टरनेटमा जागिर खोज्दै बस्थेँ । जे होस् बिहान ७ देखि साँझ ७ सम्म व्यस्त प्राय थिएँ।

------------------
एउटा साँझको समय, मार्ट अगाडि गाडी रुक्यो, एउटी महिला र बच्चा ओर्लिए, सायद श्रीमान श्रीमती र बच्चा । श्रीमान गाडी मै बसे, श्रीमती र बच्चा हामी तिर आए । स्मारिका ! म एकछिनमै रातो कालो भएँ । मलाई के गर्ने नै थाह भएन । लजाए जस्तो, डराए जस्तो, कस्तो कस्तो भयो । उनी पहिला बोलिन् - ‘कहिले फर्कियौ ?’ मैले भने भर्खर फर्केको ।
‘तिम्री छोरी ?’ मैले सोधेँ - उत्तर आयो, ‘अँ, मेरी छोरी, ३ बर्षकी भई- नाम ज्योत्स्ना’ - यति भनेर उनी सामान भएको तिर गइन छोरीको हात डोर्याउँदै, म टोलाइरहेँ ।
-----------------

मृत्यु शैय्या



https://commons.wikimedia.org/wiki/File:Lord_Byron_on_his_Death-bed_c._1826.jpg

 मेरा एक जना बिरामी त्यसरी नै मृत्युको नजिक हुनुहुन्थ्यो। आफ्नो घरभन्दा सयौँ किलोमिटर टाढा। काठमाडौंमा जम्मा भएका उहाँका आफ्न्तहरूले के गर्ने भन्ने निर्णय नै गर्न सक्नुभएन। वहाँ क्यान्सर वार्डको बेडमा, आफन्तहरू घरि भित्र घरि बाहिर गरिरहनुभएको थियो।

बिरामीका आँखा चाहिँ खै कसलाई हो खोजिरहेका थिए।  आँखा आँसुले भरिएका थिए तर नपोखिएका। वहाँको छेउमा कोही बसेको थिएन - कोही फोनमा व्यस्त, कोही कता। लाग्थ्यो- उनीहरु मलामी भेला पार्न खोजिरहेका छन्। यता मृत्यु शैय्यामा पल्टिरहेका बिरामीकी श्रीमतीलाई यो अवस्थाका बारे भन्ने कि नभन्ने भन्ने खासखुस चलिरहेको थियो।

मैले बिरामीको सिरानमा रहेको मोनिटरमा धर्साहरू हेरेँ - ती अर्थहीन थिए। मैले सबै तारहरू छुटाइदिएँ। त्यो बेला वहाँको ब्लड प्रेसर कति छ वा धड्कनको रफ्तार कति छ - केही मतलब राख्दैनथ्यो। किनकी त्यो ब्लड प्रेसरले, त्यो धडकनले वहाँमा जीवन भर्न सक्दैनथे। थाहा छैन, म एउटा डाक्टर भएर त्यसो गर्नु हुन्थ्यो हुँदैनथ्यो। तर मैले नजिकै अन्तिम सत्य देखेँ। र, सबै तारहरु छुटाइदिएँ।

म त्यहीँ छेउको कुर्सीमा बसेँ र बिरामीको हात समातेँ। वहाँले मलाई हेर्नु भएन। अनुहारमा केही भाव पनि आएनन्। सायद वहाँलाई पीडा भइरहेको थियो। वहाँको मन छटपटी पनि थियो कि कुन्नि ! बिना भाव नै वहाँले मेरो हात जोडले समात्नुभयो- मानौँ वहाँले कसैको हात खोजिरहनुभएको थियो, अन्तिम साहस र अन्तिम बिदाइको लागि।

म त्यहीँ बसिरहेँ। त्यहीँ बसेर सबै भन्दै गएँ नर्सहरूलाई - स्लाइनहरू बन्द गरिदिनुस्, बेडको वरिपरि पर्दा लगाइदिनुस्, बत्ती मधुरो बनाइदिनुस्। म चाहन्थें वहाँको अन्तिम स्वास शान्तिसँग जाओस्। वहाँको मनमा अनेकन छटपटी होलान्, पीडा होलान्, जीवनभरी व्यक्त गर्न नसकेका कति व्यथाहरु पनि थिए होलान्। तर त्योबेला म वहाँका कुनै कुरा पुरा गर्न सक्दिनथेँ। मैले गर्न सक्ने भनेको वहाँको दुखाइ निवारण मात्र थियो, त्यो पनि वहाँको रोग निको पारेर पुन: बल्झिने गरी होइन, कहिल्यै नबल्झिने गरी।

वहाँको हात मेरो हातमै थियो। कस्सेर च्याप्प समातेको हात- मानौं म भागेर कतै जाँदैछु र वहाँ मलाई रोकिरहनुभएको छ। म वहाँको अनुहारमा हेरिरहेको थिएँ एकटक। धड्कन चलिरहेको थियो। केहीबेरमै मेरो हत्केलामा रहेको वहाँको हत्केला सेलाएजस्तो भयो। मैले वहाँको अनुहारमा हेरेँ, भाव शून्य। वहाँको स्वास रोकियो- मैले हात थामिरहँदा नै वहाँको स्वास रोकियो। जसले जीवन दिन्छ भनेर वहाँ आउनुभएको थियो त्यसकै हातमा हात राखेर वहाँको जीवन सकियो।

म त्यो मृत हातबाट मेरो हात फुस्काएर उठेँ। त्यसपछि वहाँको परिवार आयो। सबैकुरा भए। तर मलाई यसपछि एककिसिमको छटपटि भइरह्यो धेरै दिनसम्म। म एक चिकित्सक, त्योपनि डरलाग्दो ठानिएको क्यान्सरको। मेरा लागि मृत्यु सहज हुनुपर्ने हो। धेरैलाई लाग्छ पनि, मृत्यु देखेर डाक्टर आत्तिदैनन्। हुनुपर्ने पनि त्यस्तै हो, किनकी डाक्टरसँग कुनै सञ्जिवनी बुटी हुँदैन जसलाई खुवाएर बिरामीलाई उठाउन सकियोस् र अमर बनाइयोस्। तर म आत्तिन्छु, मलाई छटपटी हुन्छ यस्ता घटनाहरु देख्दा।

आखिर जीवन के हो ? मृत्यु के हो त? बाँच्न पाउनु अधिकार हो भने सहज मर्न पाउनु अधिकार हो कि होइन? यी प्रश्नहरुले मलाई धेरै दिनसम्म सताइ रहे- यस्ता अनेकन सवालहरु मेरो मनमा आइरहे।

हामी, हरेक मान्छे, ‘यसरी बाँच्ने’ भनेर योजना बनाउँछौँ- घर बनाउने, सन्तान जन्माउने, गाडी किन्ने अनि धेरै धेरै योजनाहरु। तर हामी कसैले पनि मृत्युको बारेमा योजना बनाउँदैनौं। हो, मृत्यु आफूले चाहेर प्राप्त गर्ने कुरा पनि होइन। जीवनको अन्तिम समयसम्म पनि सायद मान्छेले मृत्युलाई देख्दैन। त्यसैले यसको लागि योजना बनाउनु निरर्थक ठानिएला।

जीवन यसरी बाँच्छु भनेर योजना बनाउन सजिलो छ तर म यसरी मर्छु भनेर योजना बनाउन गाह्रो छ। तर पनि मलाई ‘म यसरी मर्ने’ भनेर योजना बनाउन मन लाग्यो। मैले चाहेको मृत्युवरण गर्न पाउँला, नपाउँला। मलाई थाहा छ, मृत्यु मेरो बसमा छैन। तर पनि म चाहन्छु- मेरो अन्तिम स्वास मेरो घरमा जाओस्। मेरो परिवारको वरिपरि, मेरी श्रीमतीको हात समातेर, पीडारहित। शरिरबाट मेरो सन्तुष्ट मन बिस्तारै निस्कियोस् र विलीन होस्।

मैले आफ्नो मृत्युको कल्पना गरिरहँदा अरुले पनि आफ्नो मृत्युको कल्पना गरुन् जस्तो लाग्छ मलाई। आफू एउटा अस्पतालको डाक्टर भएर यस्तो भन्न वा लेख्न मिल्छ मिल्दैन थाहा छैन। तर अस्पतालको शैय्यामा स्लाइन र अक्सिजनका पाइपमा जेलिएर अन्तिम संघर्ष गरिरहेका बिरामी, परिवार र आफन्तले पनि आफूले, आफ्नो परिवारको सदस्यले कस्तो मृत्यु चाहोस् भन्ने चाहानुहुन्छ सोच्नुपर्छ होला सायद अब। जीवनभरी सुखको कल्पनामा संघर्ष गरेको एउटा जीवनको अन्त्य पनि सुखद होस् भनेर सोच्नु पक्कै गलत होइन।