Friday, March 05, 2010

अफ् द बिट, एभिन्युज टिभीलाई चिठ्ठी

अफ् द बिटका प्रस्तोता र रिपोर्टर ज्यू,
नमस्कार ।
आज फागुन २१ गते बेलुकाको तपाईहरुको कार्यक्रममा रिपोर्ट गर्नु भएको गर्भवती महिलाको मृत्‍युको समाचारको बारेमा मलाई केहि गुनासो छ ।

नवजात शिशुको जन्म अघि नै दुबै ज्यान गयो, सार्है नराम्रो भयो । तर तपाँईहरुले बिरामीको आफन्तहरुको मात्र बिचार, रिस र गुनासो देखाउनु भयो , खोई त डाक्टरहरुलाई आफ्नो बिचार राख्न दिएको ?
उक्त महिलाको मृत्‍युको कारणको बारेमा केहि बुझ्नै खोज्नु भएन, सिधै डाक्टरहरुले रक्तस्राव रोक्न सक्नै पर्छ, सकेनन् , त्यसैले उनीहरु दोषी हुन् भन्नु भयो ।

अस्पताल र स्वास्थ्य सेवाको बारेमा समाचार प्रेषित गर्दा तपाईहरुले अलिकति खोजबिन गर्न जरुरी हुन्छ ।
रक्तस्रावको कारण नेपालमा मात्र होईन, बिकाशित देशहरुमा पनि गर्भवती महिलाहरुको मृत्‍यु हुन्छ । यस्तो हुदैंमा डाक्टरहरुले कोशिस नै गरेनन् , लापरबाही गरे भन्न मिल्छ जस्तो लाग्दैन ।
तपाई पत्रकारहरुको कुरामा धेरै मानिसले विश्वास गर्छन, त्यसैले बिना 'research' कुनै पनि समाचार प्रेषित गर्न हुदैन जस्तो लाग्छ ।

हुन त यो emailले तपाईलाई कति नै पो छुन्छ होला र , तर पनि मलाई लेख्न मन लाग्यो ।
कृपया एकतर्फी तर्क मात्र देखाउने पत्रकारिता नगरिदिनुहोला ।

तपाईको 'आफ्नो' बिचार replyको रुपमा पाउने आश गरेको छु ।

-डा. आविश अधिकारी, धरान ।

2 comments:

jwalanta said...

मैले अहिलेसम्म आफु सम्मिलित भएको कुनै पनि (प्राविधिक) कार्यक्रमको समाचार ठिक लेखेको पाएको छैन। अरु बढि कुरा के गरौँ र?

pracas upreti said...

very great, interesting post