Posts

Showing posts from December, 2011

स्तनको क्यान्सरको बारेमा केहि जानकारी | Something about Breast Cancer / Self Breast Examination

Image
नमस्ते !
स्तनको क्यान्सरको बारेमा यहाँले चासो राख्नु भएकोमा म हृदय देखि नै स्वागत गर्दछु ।
केही कुराहरु: सँसार भरका महिलाहरुमा हुने सबैभन्दा बढी हुने क्यान्सर स्तनको हो । सामान्य महिलाको जिन्दगीमा स्तनको क्यान्सर हुने सँभावना करिब १३ प्रतिशत रहन्छ । (८ जना सामान्य महिला मध्य १ जनालाई उनको जिवनकालमा स्तनको क्यान्सर हुन्छ ) यदि महिलाको घर/मामाघरमा कसैलाई स्तनको क्यान्सर भएको छ भने उक्त सँभावना दोब्बर हुन्छ । महिलालाई मात्र होइन, पुरुषहरुलाई पनि स्तनको क्यान्सर हुन सक्छ, तर सँभावना न्युन रहन्छ । धेरै जसो स्तनको क्यान्सर ५० बर्ष नाघेका महिलामा देखिने भए पनि २० – ३० बर्षका महिलामा पनि यो रोग देखिन्छ । भर्खरै मिस-भेनिजुयलाको मृत्यु स्तनकै क्यान्सरले भयो । उनी जम्मा २८ बर्षकी थिइन् ।

स्तनको क्यान्सर प्रारम्भिक अवश्थामा कसरी पत्ता लगाउने त ? २० बर्ष पुगेकी महिलाले ३ बर्षमा एक पटक डाक्टरबाट स्तनको जाँच गराउनु पर्छ । आफै पनि स्तनको जाँच गर्नु पर्छ र केही खराबीको शँका लागेमा डाक्टरलाई जानकारी गराउनु पर्दछ । ४० बर्ष पुगेकी महिलाले डाक्टरद्वारा बार्षिक स्तनको जाँच गराउनु पर्छ ।