स्तनको क्यान्सरको बारेमा केहि जानकारी | Something about Breast Cancer / Self Breast Examination
नमस्ते !
स्तनको
क्यान्सरको बारेमा यहाँले
चासो राख्नु भएकोमा म हृदय
देखि नै स्वागत गर्दछु ।
केही कुराहरु:
- सँसार भरका महिलाहरुमा हुने सबैभन्दा बढी हुने क्यान्सर स्तनको हो ।
- सामान्य महिलाको जिन्दगीमा स्तनको क्यान्सर हुने सँभावना करिब १३ प्रतिशत रहन्छ । (८ जना सामान्य महिला मध्य १ जनालाई उनको जिवनकालमा स्तनको क्यान्सर हुन्छ )
- यदि महिलाको घर/मामाघरमा कसैलाई स्तनको क्यान्सर भएको छ भने उक्त सँभावना दोब्बर हुन्छ ।
- महिलालाई मात्र होइन, पुरुषहरुलाई पनि स्तनको क्यान्सर हुन सक्छ, तर सँभावना न्युन रहन्छ ।
- धेरै जसो स्तनको क्यान्सर ५० बर्ष नाघेका महिलामा देखिने भए पनि २० – ३० बर्षका महिलामा पनि यो रोग देखिन्छ । भर्खरै मिस-भेनिजुयलाको मृत्यु स्तनकै क्यान्सरले भयो । उनी जम्मा २८ बर्षकी थिइन् ।
स्तनको
क्यान्सर प्रारम्भिक अवश्थामा
कसरी पत्ता लगाउने त ?
- २० बर्ष पुगेकी महिलाले ३ बर्षमा एक पटक डाक्टरबाट स्तनको जाँच गराउनु पर्छ । आफै पनि स्तनको जाँच गर्नु पर्छ र केही खराबीको शँका लागेमा डाक्टरलाई जानकारी गराउनु पर्दछ ।
- ४० बर्ष पुगेकी महिलाले डाक्टरद्वारा बार्षिक स्तनको जाँच गराउनु पर्छ ।
स्तनको
क्यान्सरका लक्षणहरु:
ः स्तनमा
सानो अथवा ठुलो गिर्खा /
गाँठा हुनु
ः स्तन
पुरै अथवा आँशिक सुन्नीनु
ः स्तन
दुख्नु अथवा स्तनको मुन्टा
दुख्नु
ः स्तनको
छालामा फरक आउनु वा खुम्चिनु
ः स्तनको
मुन्टा छाला भित्र छिर्नु
ः स्तनबाट
दुध बाहेक रगत/ अन्य
तरल पदार्थ आउनु
ः काखीमा
गिर्खाहरु हुनु
यि मध्य
कुनै पनि लक्षण भएमा डाक्टरको
सल्लाह लिनु पर्दछ ।
स्तनको जाँच आफै कसरी गर्ने ?
लुगा
खोलेर ऐना अगाडी उभिनुहोस् र हातहरु कम्मरमा राख्नुहोस् ।
हेर्नु
पर्ने कुराहरु:
- दुबै स्तन हेर्दा उस्तै देखिन्छन् कि देखिदैनन् ?
- कुनै गाँठा / गिर्खा देखिन्छन् कि ?
- कुनै स्तन सुन्निएको छ कि ?
अब दुबै
हात उठाउनुहोस् र फेरी हेर्नुहोस्:
- दुबै स्तन उस्तै माथी उठ्छन् कि उठ्दैनन्?
- अघीका जस्तै लक्षणहरु खोज्नुहोस् ।
अब खाटमा
पल्टिनुहोस् अनि दुबै स्तन
हातको हत्केलाले एक एक गरेर
छाम्नुहोस् :
- स्तनका सबै भागहरु गोलाकार तरिकाले छाम्नुहोस्,
- माथीबाट तल तिर आउनुहोस् , दुबै स्तनका सबै भागहरु छाम्नुहोस्,
- दुबै काखीमा पनि गर्खाहरु छाम्नुहोस् ।
- कुनै गिर्खाहरु गाँठाहरु अथवा अन्य लक्षण भेटिन्छन् ?
माथि
भनिएका कुनै पनि लक्षण भेटिएमा तपाईलाई पायक पर्ने अस्पतालमा गएर डाक्टरलाई भन्नुहोस् ।
अन्य कुनै प्रश्न भए यो ब्लगमा कमेन्ट गर्नुहोला अथवा मलाई इमेल गर्नुहोला । (abish @ abish . com . np )
अन्य कुनै प्रश्न भए यो ब्लगमा कमेन्ट गर्नुहोला अथवा मलाई इमेल गर्नुहोला । (abish @ abish . com . np )
याद राख्नुहोस् ,
प्रारम्भिक अवश्थामा भेटिएका स्तनका क्यान्सरहरुको उपचार पछि निकै राम्रो परिणाम आउँदछ ।
॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒
स्रोत
:
http://www.breastcancer.org/symptoms/testing/types/self_exam/bse_steps.jsp
Breast Self Examination . Cancer of Breast . Carcinoma Breast . स्तनको क्यान्सर .
Breast Self Examination . Cancer of Breast . Carcinoma Breast . स्तनको क्यान्सर .
Comments
Abish dada dherai dherai nai informative blog ho yo. Yeasari internet ko upayog le kati dherai lai information dincha.. I am so very proud and I am going to circulate this blog. :) :)
My email address is [email protected]
I would be really obliged.
Thanx a lot. waiting for a soon reply.