Wednesday, December 21, 2011

स्तनको क्यान्सरको बारेमा केहि जानकारी | Something about Breast Cancer / Self Breast Examination

यो फोटो स्तनको क्यान्सर छालामा फैलिसकेपछिको हो । निकै ढिला उपचार सुरु गर्दा यस्तो हुन सक्छ ।


नमस्ते !

स्तनको क्यान्सरको बारेमा यहाँले चासो राख्नु भएकोमा म हृदय देखि नै स्वागत गर्दछु ।

केही कुराहरु:
  • सँसार भरका महिलाहरुमा हुने सबैभन्दा बढी हुने क्यान्सर स्तनको हो ।
  • सामान्य महिलाको जिन्दगीमा स्तनको क्यान्सर हुने सँभावना करिब १३ प्रतिशत रहन्छ । (८ जना सामान्य महिला मध्य १ जनालाई उनको जिवनकालमा स्तनको क्यान्सर हुन्छ )
  • यदि महिलाको घर/मामाघरमा कसैलाई स्तनको क्यान्सर भएको छ भने उक्त सँभावना दोब्बर हुन्छ ।
  • महिलालाई मात्र होइन, पुरुषहरुलाई पनि स्तनको क्यान्सर हुन सक्छ, तर सँभावना न्युन रहन्छ ।
  • धेरै जसो स्तनको क्यान्सर ५० बर्ष नाघेका महिलामा देखिने भए पनि २० – ३० बर्षका महिलामा पनि यो रोग देखिन्छ । भर्खरै मिस-भेनिजुयलाको मृत्यु स्तनकै क्यान्सरले भयो । उनी जम्मा २८ बर्षकी थिइन् ।

स्तनको क्यान्सर प्रारम्भिक अवश्थामा कसरी पत्ता लगाउने त ?
  1. २० बर्ष पुगेकी महिलाले ३ बर्षमा एक पटक डाक्टरबाट स्तनको जाँच गराउनु पर्छ । आफै पनि स्तनको जाँच गर्नु पर्छ र केही खराबीको शँका लागेमा डाक्टरलाई जानकारी गराउनु पर्दछ ।
  2. ४० बर्ष पुगेकी महिलाले डाक्टरद्वारा बार्षिक स्तनको जाँच गराउनु पर्छ ।

स्तनको क्यान्सरका लक्षणहरु:

ः स्तनमा सानो अथवा ठुलो गिर्खा / गाँठा हुनु
ः स्तन पुरै अथवा आँशिक सुन्नीनु
ः स्तन दुख्नु अथवा स्तनको मुन्टा दुख्नु
ः स्तनको छालामा फरक आउनु वा खुम्चिनु
ः स्तनको मुन्टा छाला भित्र छिर्नु
ः स्तनबाट दुध बाहेक रगत/ अन्य तरल पदार्थ आउनु
ः काखीमा गिर्खाहरु हुनु

यि मध्य कुनै पनि लक्षण भएमा डाक्टरको सल्लाह लिनु पर्दछ ।



स्तनको जाँच आफै कसरी गर्ने

लुगा खोलेर ऐना अगाडी उभिनुहोस् र हातहरु कम्मरमा राख्नुहोस् ।

हेर्नु पर्ने कुराहरु:
  • दुबै स्तन हेर्दा उस्तै देखिन्छन् कि देखिदैनन् ?
  • कुनै गाँठा / गिर्खा देखिन्छन् कि ?
  • कुनै स्तन सुन्निएको छ कि ?


अब दुबै हात उठाउनुहोस् र फेरी हेर्नुहोस्:

  • दुबै स्तन उस्तै माथी उठ्छन् कि उठ्दैनन्?
  • अघीका जस्तै लक्षणहरु खोज्नुहोस् ।


अब खाटमा पल्टिनुहोस् अनि दुबै स्तन हातको हत्केलाले एक एक गरेर छाम्नुहोस् :

  • स्तनका सबै भागहरु गोलाकार तरिकाले छाम्नुहोस्, 
  • माथीबाट तल तिर आउनुहोस् , दुबै स्तनका सबै भागहरु छाम्नुहोस्,
  • दुबै काखीमा पनि गर्खाहरु छाम्नुहोस् ।
  • कुनै गिर्खाहरु गाँठाहरु अथवा अन्य लक्षण भेटिन्छन् ?

माथि भनिएका कुनै पनि लक्षण भेटिएमा तपाईलाई पायक पर्ने अस्पतालमा गएर डाक्टरलाई भन्नुहोस् ।


अन्य कुनै प्रश्न भए यो ब्लगमा कमेन्ट गर्नुहोला अथवा मलाई इमेल गर्नुहोला । (abish @ abish . com . np )



याद राख्नुहोस् ,
प्रारम्भिक अवश्थामा भेटिएका स्तनका क्यान्सरहरुको उपचार पछि निकै राम्रो परिणाम आउँदछ ।


॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒
स्रोत : http://www.breastcancer.org/symptoms/testing/types/self_exam/bse_steps.jsp
Breast Self Examination . Cancer of Breast . Carcinoma Breast . स्तनको क्यान्सर .

Saturday, December 17, 2011

My Typical Day

My day as a resident of Radiation Oncology at Bir Hospital, Kathmandu.
Photo Album