Posts

Showing posts from March, 2012

दुईवटा कपको कहानी

Image
कथा यसरी सुरु हुन्छ -
म बीर अस्पतालमा शनिवारको डिउटीमा हुन्छु, वार्डमा केही काम गर्दै ।
मेरो फोन बज्छ, डिस्प्ले भएको नाम हेर्छु र दँग पर्छु ।
बर्षौ अघि सँगै बसेका, सँगै काम गरेका मेरा एक जना अग्रज दाइको फोन रहेछ ।
म फोन उठाउदै सोध्छु, 'कहाँ हुनु हुन्छ दाइ?'
उताबाट आवाज आउछ, 'तेरो वार्ड कता हो, म अगाडीको मन्दिर सम्म आइपुगेको छु ।

म हतार हतार भन्दै जान्छु, 'त्यही छेउको ढोकाबाट छिर्दै गर्नुहोस्, म आइपुगिहालें' ।
नभन्दै बीच बाटोमा दाइलाई भेट्छु । ३-४ बर्ष भएको थियो नभेटेको, तर पनि उस्तै देख्छु ।
म धरान तिर काम गर्न थालेको बेला दाइ पढाई अगाडी बढाउन अमेरिका पुग्नु भएको थियो ।
अहिले केहि हप्ताको विदा मनाउन नेपाल आउनु भएको रहेछ।

एक-अर्कालाई भटेर मख्ख पर्‍छौँ । आफ्आफ्नो जिन्दगीमा थपिएका कुराहरु साट्छौँ ।
कुरा मोडिन्छ अमेरिका तिर, मैले सोध्छु, 'आजकल कुन शहरमा हुनु हुन्छ ?'
कुरा बढ्दै जान्छ, वहाँले अमेरिकामा भएका राम्रा कुराहरु सुनाउन थाल्नुहुन्छ, म सुन्दै जान्छु ।
कता कताबाट कफिको कुरा आउँछ, अनि दाइले 'जाम् हिड, कफि खाँदै कुरा गरौ, एता नजिकै राम्रो कफि सप छैन ?&#…