दुईवटा कपको कहानी
कथा यसरी सुरु हुन्छ -
म बीर अस्पतालमा शनिवारको डिउटीमा हुन्छु, वार्डमा केही काम गर्दै ।
मेरो फोन बज्छ, डिस्प्ले भएको नाम हेर्छु र दँग पर्छु ।
बर्षौ अघि सँगै बसेका, सँगै काम गरेका मेरा एक जना अग्रज दाइको फोन रहेछ ।
म फोन उठाउदै सोध्छु, 'कहाँ हुनु हुन्छ दाइ?'
उताबाट आवाज आउछ, 'तेरो वार्ड कता हो, म अगाडीको मन्दिर सम्म आइपुगेको छु ।
म हतार हतार भन्दै जान्छु, 'त्यही छेउको ढोकाबाट छिर्दै गर्नुहोस्, म आइपुगिहालें' ।
नभन्दै बीच बाटोमा दाइलाई भेट्छु । ३-४ बर्ष भएको थियो नभेटेको, तर पनि उस्तै देख्छु ।
म धरान तिर काम गर्न थालेको बेला दाइ पढाई अगाडी बढाउन अमेरिका पुग्नु भएको थियो ।
अहिले केहि हप्ताको विदा मनाउन नेपाल आउनु भएको रहेछ।
एक-अर्कालाई भटेर मख्ख पर्छौँ । आफ्आफ्नो जिन्दगीमा थपिएका कुराहरु साट्छौँ ।
कुरा मोडिन्छ अमेरिका तिर, मैले सोध्छु, 'आजकल कुन शहरमा हुनु हुन्छ ?'
कुरा बढ्दै जान्छ, वहाँले अमेरिकामा भएका राम्रा कुराहरु सुनाउन थाल्नुहुन्छ, म सुन्दै जान्छु ।
कता कताबाट कफिको कुरा आउँछ, अनि दाइले 'जाम् हिड, कफि खाँदै कुरा गरौ, एता नजिकै राम्रो कफि सप छैन ?' सोध्नु हुन्छ ।
वार्ड स्टेबल नै हुन्छ, डिउटीमा भएकी स्टाफलाई 'म एकैछिनमा आउछु, केहि परे फोन गर्नु' भनेर दाइसँग निस्किन्छु।
बीर अस्पतालको अगाडी (पहिलेको धीर डिस्पेन्सरी, अहिले नर्सिङ कलेज) गेटमा भएको चिया पसल पुग्छौँ, मैले दुइवटा कफि मगाउँछु, एकै छिनमा साउनी बहिनीले प्लास्टिकका कपमा कफी ल्याउछिन् ।
हो, यो कथा त्यही प्लास्टिक कपको हो ।
दाइले एक जना अमेरिकामा बस्ने नेपालीले भनेको सुन्नु भएको कुरा सुनाउनुहुन्छ, 'सकिन्छ भने सबै नेपालीलाई एक पल्ट केही महिनाको लागी अमेरिका देखाउनु पर्ने, त्यहाँको सिस्टममा चलेको समाज देखाउन'।
म चैँ अनि अमेरिकाको बाटो देखि लिएर अमेरिकन भिखारी अनि अमेरिकन अस्पतालसम्म सोध्छु, दाइले पनि सुनाउदै जानुहुन्छ ।
दाइलाई कसैको फोन आउछ, दाइले अरु कसैलाई पनि भेट्न काठमाडौ मलमा बोलाउनु भएको हुन्छ । मलाई चैँ अरु कुराहरु सोध्नु हुन्छ, त्यसैले मैले त्यो मलसम्म सँगै जाने सोच्छु । कफि खाँदै हामी बीर अस्पतालबाट निस्किन्छौँ। अलि पर पुग्दा कफी पनि सकिन्छ, फ्याल्ने ठाँउको खोजीमा हामीले हातैमा ति कपहरु लिएर हिड्छौँ ।
बीर अस्पतालबाट काठमाडौ मल पुग्दासम्म डस्टबिन हामीले भेट्दैनौ। के गर्ने त कपहरुलाई ?
दाइले मुस्कुराउदै भन्नुहुन्छ, 'when in Rome, do as the Romans do' अनि हामीले ति कपहरु त्यहीं फुटपाथको छेउमा फ्यालिदिन्छौँ ।

![]() |
कथाका पात्रहरु |
Comments