मेरो गाउँ ज्यामिरे / Mero Gaun Jyamire
"मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म,
काले भन्छन् मलाई, तर मान्छे गोरो म।
सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्,
म त अझै गोठमा, छैन हाँसो ओठमा।
किन किन मन यो, दुखे दुखे जस्तो छ,
यो ज्यामिरे गाउँमा, कुरो मात्र सस्तो छ।
मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म,
काले भन्छन् मलाई, तर मान्छे गोरो म।
मेरो सानो गोठ नै, मेरो सानो स्कुल,
गोबरको अक्षर, पढ्न लेख्न मुस्किल।"
mero gaun jyamire, jamuni ko choro ma,
kale bhanchan malai, tara manche goro ma.
sabai padhna gayechan, janne sunne bhayechan,
ma ta ajhai gothma, chainaa haso oothma.
kina kina mana yo, dukhe dukhe jasto cha,
yo jyamire gaun ma kuro matra sasto cha.

sabai bhancha malai, school kina na gako,
kasai le ni bujhenan, kapi kalam na bhako.
mero sano goth nai, mero sano schoola,
gobarko akshyara, padhna lekhna muskila.
मैले यो गीत पहिलो पटक केही हप्ता अघि मेरी श्रीमतीले गुनगुनाईरहेको सुने, हाम्रो छोरालाई सुताउन खोज्दै थिइन् यो गित सुनाएर ।
मलाई साह्रै मिठो लाग्यो धुन, ति शब्द कति सरल, तर उस्तै गहन।
गुगललाई सोधेँ, युट्युबमा भेटियो, तर कसले गाएको, कसले लेखेको भेटाउन सकिन।
म बीर अस्पतालको क्यान्सर वार्डमा काम गर्छु, त्यहाँ एक जना विरामीको डिस्चार्ज लेख्दै गर्दा अनायासै यो गित गुनगुनाउन पुगेछु, ईन्चार्ज सिस्टरले 'यो गित छ तपाईसँग ? मलाई धेरै मन पर्छ, रामेशले लेखेका हुन्' भनिन् ।
मलाई अर्को क्लु भेटियो।
फेरी गुगललाई सोधेँ, बल्ल सो गीत रहेको एल्बमको नाम पत्ता लाग्यो ।Children Songs Vol. 1 भन्ने एल्बमको रहेछ।
हातैले लेखेर फोटोकपी गरिएको क्यासेटको कभर, १६ वटा बाल गीत त्यस मध्य ७ वटा अँग्रेजी गीत रहेछन् ।
सोही क्यासेटमा यस्तो लेखिएको रहेछ,
"The songs in this album are sung by students of Swarnim High School: Angu, Temmdo,Chetana Manandhar, Sonika, Sumitra, Rushila Chitrakar. Music Composer for these songs are Ramesh"
(स्वर्णिम स्कुलका विद्यार्थीहरु: अँजु, टेम्डो, चेतना मानन्धर, सोनिका, सुमित्रा, रुसिला चित्रकारले गाएको, रामेशले कम्पोज गरेको)
वि.स. २०३७-२०३८मा स्वर्णिम स्कुलका विद्यार्थीहरुले गाएका रहेछन् यी गितहरु, उनहरुका सँगीत गुरु, रामेश श्रेष्ठले 'कम्पोज' गरेका रहेछन् ।
हो, रामेश श्रेष्ठ उनी नै हुन् जसले 'गाउँ गाउँबाट उठ...', 'जीवन संर्घष् हो...' र 'रक्तक्रान्तिको ज्वालामूखीमा...' जस्ता क्रान्तिकारी गीत गाएका थिए ।
"रामेश ०३७ मा स्थापित स्वर्णीम स्कूल डल्लुआवासका संस्थापकहरुमध्ये एक हुन् । अहिलेको उनको केही दैनिकी त्यहींका नानीहरुलाई गीतसंगीत सिकाउँनमा वित्छ । तर जनचिन्तन कत्तिपनि निस्क्रिय भएको छैन ।"-अर्थात् रामेश- प्रकाश सिलवाल
यो एल्बमका सबै गीत सुन्न यहाँ आउनुहोस् : http://archive.org/details/ChildrenSongsVol1
mero gaun jyamire, jamuni ko choro ma. mero gau jamire . mero gaau jamere.
source of the album covers
काले भन्छन् मलाई, तर मान्छे गोरो म।
सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्,
म त अझै गोठमा, छैन हाँसो ओठमा।
किन किन मन यो, दुखे दुखे जस्तो छ,
यो ज्यामिरे गाउँमा, कुरो मात्र सस्तो छ।
मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म,
काले भन्छन् मलाई, तर मान्छे गोरो म।
सबै भन्छन् मलाई, स्कुल किन
नगा'को,
कसैले नि बुझेनन्, कापी कलम नभा'को।मेरो सानो गोठ नै, मेरो सानो स्कुल,

Comments