स्मारिका
(लगातार
तीनवटा क्यान्सर र मृत्यु बारे व्लग लेखेकाले मान्छेहरूले मलाई हेर्ने नजर
नै फरक हुन थाल्यो । त्यसैले यो एउटा कथा -- कसैसँग मेल खाए संयोग मात्र
हुनेछ)
‘मलाई के ल्याइदिनुभयो काका ?’ मेरो ५ बर्षे भतिजोले मेरो झोला खोतल्दै थियो । लामो ट्रान्जिट, अनि पट्यार लाग्दो यात्रा - म थाकेको थिएँ । हाम्रो घर पूर्व इलाम भए पनि हामी निकै बर्ष देखि यो ठाउँमा बसेको - घरबेटी राम्रा हुन् कि हामी, थाह भएन - तर हामी त्यो घरमा बसेको १५ बर्ष भइसक्यो । काठमाडौँमा राम्रो पढाइ हुन्छ भनेर बा आमाले हामी दुई भाइलाई काठमाडौं लिएर आउनुभएको । यही घरमा बसेर हामीले स्कुल सकायौ, कलेज सकायौँ, दाइले जागीर खान थाल्नुभयो, बिहे गर्नुभयो, भाउजू पनि यहीँ भित्र्याएको, भतिजलाई पनि अस्पतालबाट यहीँ भित्र्याएको ।
---------- स्कुल सकेर कलेज पढ्ने बेला अनेकन् आकाङ्क्षाहरू थिए - म राम्रो पढेर इन्जिनियर बन्छु, पहिँलो टोपी लगाउँछु, बाटो र पुल बनाउँछु - खै किन हो, इन्जिनियरले त्यही गर्छन् जस्तो लाग्थ्यो । कलेजको पहिलो दिन देखि नै राम्रोसँग पढ्छु भनेर भर्ना गरें - तर धेरै जसो विद्यार्थीको जस्तै भयो मेरो कथा । अर्को हप्ताबाट पढ्छु, अर…