मृत्यु शैय्या
![]() |
https://commons.wikimedia.org/wiki/File:Lord_Byron_on_his_Death-bed_c._1826.jpg |
मेरा एक जना बिरामी त्यसरी नै मृत्युको नजिक हुनुहुन्थ्यो। आफ्नो घरभन्दा
सयौँ किलोमिटर टाढा। काठमाडौंमा जम्मा भएका उहाँका आफ्न्तहरूले के गर्ने
भन्ने निर्णय नै गर्न सक्नुभएन। वहाँ क्यान्सर वार्डको बेडमा, आफन्तहरू घरि
भित्र घरि बाहिर गरिरहनुभएको थियो।
बिरामीका आँखा चाहिँ खै कसलाई हो खोजिरहेका थिए। आँखा आँसुले भरिएका थिए तर नपोखिएका। वहाँको छेउमा कोही बसेको थिएन - कोही फोनमा व्यस्त, कोही कता। लाग्थ्यो- उनीहरु मलामी भेला पार्न खोजिरहेका छन्। यता मृत्यु शैय्यामा पल्टिरहेका बिरामीकी श्रीमतीलाई यो अवस्थाका बारे भन्ने कि नभन्ने भन्ने खासखुस चलिरहेको थियो।
मैले बिरामीको सिरानमा रहेको मोनिटरमा धर्साहरू हेरेँ - ती अर्थहीन थिए। मैले सबै तारहरू छुटाइदिएँ। त्यो बेला वहाँको ब्लड प्रेसर कति छ वा धड्कनको रफ्तार कति छ - केही मतलब राख्दैनथ्यो। किनकी त्यो ब्लड प्रेसरले, त्यो धडकनले वहाँमा जीवन भर्न सक्दैनथे। थाहा छैन, म एउटा डाक्टर भएर त्यसो गर्नु हुन्थ्यो हुँदैनथ्यो। तर मैले नजिकै अन्तिम सत्य देखेँ। र, सबै तारहरु छुटाइदिएँ।
म त्यहीँ छेउको कुर्सीमा बसेँ र बिरामीको हात समातेँ। वहाँले मलाई हेर्नु भएन। अनुहारमा केही भाव पनि आएनन्। सायद वहाँलाई पीडा भइरहेको थियो। वहाँको मन छटपटी पनि थियो कि कुन्नि ! बिना भाव नै वहाँले मेरो हात जोडले समात्नुभयो- मानौँ वहाँले कसैको हात खोजिरहनुभएको थियो, अन्तिम साहस र अन्तिम बिदाइको लागि।
म त्यहीँ बसिरहेँ। त्यहीँ बसेर सबै भन्दै गएँ नर्सहरूलाई - स्लाइनहरू बन्द गरिदिनुस्, बेडको वरिपरि पर्दा लगाइदिनुस्, बत्ती मधुरो बनाइदिनुस्। म चाहन्थें वहाँको अन्तिम स्वास शान्तिसँग जाओस्। वहाँको मनमा अनेकन छटपटी होलान्, पीडा होलान्, जीवनभरी व्यक्त गर्न नसकेका कति व्यथाहरु पनि थिए होलान्। तर त्योबेला म वहाँका कुनै कुरा पुरा गर्न सक्दिनथेँ। मैले गर्न सक्ने भनेको वहाँको दुखाइ निवारण मात्र थियो, त्यो पनि वहाँको रोग निको पारेर पुन: बल्झिने गरी होइन, कहिल्यै नबल्झिने गरी।
वहाँको हात मेरो हातमै थियो। कस्सेर च्याप्प समातेको हात- मानौं म भागेर कतै जाँदैछु र वहाँ मलाई रोकिरहनुभएको छ। म वहाँको अनुहारमा हेरिरहेको थिएँ एकटक। धड्कन चलिरहेको थियो। केहीबेरमै मेरो हत्केलामा रहेको वहाँको हत्केला सेलाएजस्तो भयो। मैले वहाँको अनुहारमा हेरेँ, भाव शून्य। वहाँको स्वास रोकियो- मैले हात थामिरहँदा नै वहाँको स्वास रोकियो। जसले जीवन दिन्छ भनेर वहाँ आउनुभएको थियो त्यसकै हातमा हात राखेर वहाँको जीवन सकियो।
म त्यो मृत हातबाट मेरो हात फुस्काएर उठेँ। त्यसपछि वहाँको परिवार आयो। सबैकुरा भए। तर मलाई यसपछि एककिसिमको छटपटि भइरह्यो धेरै दिनसम्म। म एक चिकित्सक, त्योपनि डरलाग्दो ठानिएको क्यान्सरको। मेरा लागि मृत्यु सहज हुनुपर्ने हो। धेरैलाई लाग्छ पनि, मृत्यु देखेर डाक्टर आत्तिदैनन्। हुनुपर्ने पनि त्यस्तै हो, किनकी डाक्टरसँग कुनै सञ्जिवनी बुटी हुँदैन जसलाई खुवाएर बिरामीलाई उठाउन सकियोस् र अमर बनाइयोस्। तर म आत्तिन्छु, मलाई छटपटी हुन्छ यस्ता घटनाहरु देख्दा।
आखिर जीवन के हो ? मृत्यु के हो त? बाँच्न पाउनु अधिकार हो भने सहज मर्न पाउनु अधिकार हो कि होइन? यी प्रश्नहरुले मलाई धेरै दिनसम्म सताइ रहे- यस्ता अनेकन सवालहरु मेरो मनमा आइरहे।
हामी, हरेक मान्छे, ‘यसरी बाँच्ने’ भनेर योजना बनाउँछौँ- घर बनाउने, सन्तान जन्माउने, गाडी किन्ने अनि धेरै धेरै योजनाहरु। तर हामी कसैले पनि मृत्युको बारेमा योजना बनाउँदैनौं। हो, मृत्यु आफूले चाहेर प्राप्त गर्ने कुरा पनि होइन। जीवनको अन्तिम समयसम्म पनि सायद मान्छेले मृत्युलाई देख्दैन। त्यसैले यसको लागि योजना बनाउनु निरर्थक ठानिएला।
जीवन यसरी बाँच्छु भनेर योजना बनाउन सजिलो छ तर म यसरी मर्छु भनेर योजना बनाउन गाह्रो छ। तर पनि मलाई ‘म यसरी मर्ने’ भनेर योजना बनाउन मन लाग्यो। मैले चाहेको मृत्युवरण गर्न पाउँला, नपाउँला। मलाई थाहा छ, मृत्यु मेरो बसमा छैन। तर पनि म चाहन्छु- मेरो अन्तिम स्वास मेरो घरमा जाओस्। मेरो परिवारको वरिपरि, मेरी श्रीमतीको हात समातेर, पीडारहित। शरिरबाट मेरो सन्तुष्ट मन बिस्तारै निस्कियोस् र विलीन होस्।
मैले आफ्नो मृत्युको कल्पना गरिरहँदा अरुले पनि आफ्नो मृत्युको कल्पना गरुन् जस्तो लाग्छ मलाई। आफू एउटा अस्पतालको डाक्टर भएर यस्तो भन्न वा लेख्न मिल्छ मिल्दैन थाहा छैन। तर अस्पतालको शैय्यामा स्लाइन र अक्सिजनका पाइपमा जेलिएर अन्तिम संघर्ष गरिरहेका बिरामी, परिवार र आफन्तले पनि आफूले, आफ्नो परिवारको सदस्यले कस्तो मृत्यु चाहोस् भन्ने चाहानुहुन्छ सोच्नुपर्छ होला सायद अब। जीवनभरी सुखको कल्पनामा संघर्ष गरेको एउटा जीवनको अन्त्य पनि सुखद होस् भनेर सोच्नु पक्कै गलत होइन।

Comments