Wearing Black Bra in Summer Causes Cancer ?

फेसबुकमा एउटा लेख देखें हजारौंले सेयर गरेको - क्यान्सरको बारेमा - सरासर गफ र तर्साउन लेखिएको लेख । त्यसैले यो ब्लग लेख्न मन लाग्यो । त्यो मेसेजमा भएका हरेक लाइनलाई मैले व्याख्या गर्न खोजेको छु - बुझ्नुभएन भने मलाई इमेल गर्नुहोला abishadh@gmail.com मा ।

--
MESSAGE FROM LAGOS STATE UNIVERSITY TEACHING HOSPITAL (LUTH)

लागोस् युनिभर्सिटी नाइजेरियामा रैछ र तिनीहरूले नै यो सब गलत कुरा हो र युनिभर्सिटीको नाम राखेर गलत लेखेछन् भनेका रैछन्।

--
​Please let your wife know about this, this is a serious caution from medical practitioners [LUTH] to all female beings be it infant, baby girl, ladies, mothers. Cancer of the vagina is all over please avoid washing your vagina with soap, wash with only water, there is a particular chemical in soap generally that is very dangerous and possibly causes cancer of the vagina, cases of cancer of the vagina is all over most of the general hospitals so be aware of this important message. If you have feelings for others kindly pass this message to someone that are important to you.

यो सरासर हावा कुरा हो । साबुनले धोएर क्यान्सर हुँदै हुँदैन । बरु फोहर रह्यो, ईन्फेक्सन भइरहने, धेरै जनासँग असुरक्षित यौन सम्पर्क राख्नेहरूलाई पाठेघरको मुखको क्यान्सर Cervical Cancer हुने सम्भावना बढ्छ । Vaginal Cancer is very rare. नेपालमा एक बर्षमा ५००० जनालाई cervical cancer हुन्छ भने vaginal cancer ५०० जनालाई हुन्छ होला- र त्यो साबुनले धोएर त हुँदै हैन ।

--
56 Girls Died Because Of Using Whisper, Stay free Etc.

यसलाई त कम्तिमा विश्वास नगरिदिनुस् । बिना तुकको कुरा । कसरी मर्छन् र sanitary pads लगाएर ? सफा बस्दा झन् मृत्यु ? जे पायो त्यही।

--
Don't use One Single Pad For The Whole Day Because Of The Chemical Used in Ultra Napkins Which Converts Liquid into Gel. It Causes Cancer in Bladder & Uterus. So Please Try To Use Cotton Made Pads. And if You Are Using Ultra Pads, Please Change it Within Five Hours Per Day At least. If The Time is Prolonged The Blood Becomes Green & The Fungus Formed Gets inside The Uterus & Body.

जो महिलाको रगत धेरै जान्छ, उसले प्याड फेर्न राम्रो हो, सफा त बस्नै पर्छ । तर त्यो liquid gel बन्छ भनेर फेर्न पर्ने चैं हैन । अनि त्यहाँ भनेको जसरी क्यान्सर हुने हैन । रगत कसरी हरियो हुने हो र ? अनि केही घन्टामा Fungus उम्रिँदैन । fungus ले क्यान्सर नि गराउँदैन । पिसाब थैलीको क्यान्सरको कारण त चुरोट पनि हो, त्यो नखानु बरू ।

--
Please don't feel shy to forward this message to all girls, and even boys so that they can share it with their wives and friends whom they care for.

हो, Cancer को बारेमा लाज नमानि कुरा गर्नुस् । स्तनको होस् या पाठेघरको । लाज मानेर रोग पालेर बस्नु हुँदैन । तर यस्ता बकम्फुसे कुरामा विश्वास गरेर हजारौँ सेयर भएको चित्तै बुझेन ।

--
Kick Off "Breast Cancer".

स्तन क्यान्सर breast cancer नेपालमा पनि धेरै जनालाई हुन्छ । तर बच्ने कसरी भन्दा नियमित जाँच गरेर वा गराएर हो । सानै रोग हुँदा भेटियो र उपचार भयो भने जितिन्छ स्तन क्यान्सरलाई । आफ्नो स्तन जाँच आफै कसरी गर्ने भनेर मैले एउटा ब्लग लेखेको छु तल पढ्दै जानुस् ।

--
Nurse You're Baby.

बच्चालाई दुध खुवाएको राम्रो - यसमा केही शँका भएन । तर दुध नखुवाउँदैमा क्यान्सर हुन्छ भन्ने गलत हो । त्यसो भए बच्चा नै नभएका महिलाले के गर्ने नि ?

--
Wash You're Bra Daily.

सफा बस्नु राम्रो त हो नि- तर फोहर ब्रा लगाउँदैमा क्यान्सर हुँदैन । सफा होस् भनेर दिनदिनै धुन जरुरी छ कि नाई, त्यो मलाई थाह भएन ।

--
Avoid Black Bra in Summer

कालो, वा अन्य कुनै रङ, ब्राको रङले केही फरक पर्दैन । साच्चिकै पर्दैन । मन लागेको रङ लगाउनुस् ।

--
Do Not Wear A Bra While Sleeping.

सु्त्दा ब्रा लगाउँदा सजिलो लाग्छ भने लगाएर सुत्नुस् - खोलेर सुत्दा सजिलो हुन्छ भने खोलेर, यसमा केही क्यान्सर हुने सम्बन्ध छैन ।

--
Do Not Wear An Under Wire Bra Very Often.

तार भएको होस् या नभएको, जस्तो मन लाग्छ त्यस्तै लगाउनुस् - क्यान्सर तारको कारणले हुने हैन ।

--
Always Cover You're Chest Completely By You're Dupatta Or Scarf When You Are Under The Sun.

घाम परेर क्यान्सर हुन्छ भनेर गफ दिन खोजेको होला । सरासर गलत हो ।

--
Use A Deodorant Not An Anti Antiperspirant.

धेरै अध्ययन भएका छन्। डियोडरेन्ट र पर्फ्युमले क्यान्सर गराउँदैनन भनेर प्रमाणित भएको छ ।

--
This is a Public Service Message From Tata Cancer Hospital.

अब नाइजेरियाबाट सोझै ईन्डियाको टाटा क्यान्सर सेन्टर पुगेछ । हाहा ।

--
Pass it 2 All The Ladies You Care For Without Hesitating.

राम्रो कुरा किन २ जनालाई मात्र ? सबलाई सुनाउनुस् । तर सोचेर पढेर मात्र ।

--
Awareness is important. I Care For You

यो पुरा लेखमा एक लाइनमा चैँ म सहमत भएं लौ । AWARENESS IS ACTUALLY IMPORTANT. But All you care for ‘SHARES’ and ‘LIKES’ – nothing else.

--
Please Dont Hesitate To inform Other Females Forward To Every Girl On You're List. I'll Start with u

गुगल गर्नुस् । फेसबुकमा मात्र लेखेका कुरा विश्वास नगर्नुस् । शंका लागे विशेषज्ञलाई सोध्नुस् ।

- स्तन क्यान्सर बारे मैले लेखेको लेख: http://www.abish.com.np/2011/12/some-points-about-breast-cancer.html

- नाइजेरियाको त्यो युनिभर्सिटीले 'हामीले यस्तो हावा कुरा लेखेका हैनौं' भनेको समाचार: http://thenationonlineng.net/purported-rise-vaginal-cancer-hoax/

Comments

Popular posts from this blog

हिन्दु धर्ममा प्रयोग हुने मन्त्रहरु: Commonly used mantras in Nepali culture

using internet in mero mobile