Posts

Showing posts from January, 2020

आयुर्वेदले क्यान्सर निको हुँदैन

Image
हाम्रो शरिरमा करोडौं कोषहरू हुन्छन् । ति आँखाले नदेखिने शुष्म कोषहरू मिलेर हाम्रो शरिर बनेको छ । ति कोषहरूले हाम्रो शरिर बनाउने, घाउ निको पार्ने र हामीमा जिवन भर्ने काम गर्दछन् । ति कोषहरूलाई अझै शुष्म रुपमा हेर्ने हो भने ति भित्र हामीले डिएनए देख्छौं, त्यही डिएनएमा यि कोषहरूको कानुन लेखेको हुन्छ - जिवन दिने, घाउ निको पार्ने र शरिर सम्हालेर राख्ने ।
त्यही डिएनएमा केही खराब परिवर्तन आएपछि शरिरका केही कोषहरू अनियन्त्रित रुपमा बढ्न थाल्छन् - तिनीहरूले पहिला जुन अँगमा उत्पत्ति भए, त्यो अँग बिगार्छन् र रगत वा गिर्खाहरूको माध्यमबाट अन्य अँगहरूमा पुग्छन् र त्यसलाई पनि बिगार्नथाल्छन् ।  यसरी क्यान्सरले अँगहरू बिगार्न अघि उपचार गर्न सकियो भने यो रोग नियन्त्रणमा राख्न र निको पार्न सकिन्छ तर बिग्रिएका ति अँगहरू जब जिबन चलाउन नसक्ने हुन्छन्, क्यान्सरको कारणले बिरामीको मृत्यू हुन्छ ।
क्यान्सरको स्टेजहरू पनि त्यसरी नै निर्धारण गरिएको हुन्छ । जुन अँगमा उम्रियो त्यहीँ छ र सानो छ भने स्टेज-१ भनिन्छ; अलि ठूलो हुन थाले पछि स्टेज-२ अनि गिर्खाहरूमा पुगिसक्दा स्टेज-३ भनिन्छ भने अरु अँगमा सरिसकेको क्यान्सरलाई…