Posts

Showing posts from July, 2021

क्यान्सरको उपचार नेपालमा नै के के राम्रो संग गर्न सकिन्छ? कस्तो केसको लागि चाँही अझै बिदेश जानु पर्छ?

नमस्ते,  म आविश - म क्यान्सर रोग विशेषज्ञ हुँ र काठमाडौं क्यान्सर सेन्टरमा काम गर्छु ।  क्यान्सर एउटा गम्भिर रोग हो, जसले स्वास्थ्यमा, परिवारमा र आफ्नो आर्थिक अवस्थामा गम्भिर असर गर्छ । यो रोगको निदान प्रारम्भिक अवस्थामै र उपचार सहि तरिकाले गर्न सक्ने हो भने निको हुने सम्भावना बढेर जान्छ । त्यसैले यो रोगको सही उपचार हुन जरुरी छ ।  क्यान्सरको उपचारमा तिन प्रविधि प्रयोग हुन्छन् ।  १- सल्यक्रिया - जसमा क्यान्सर लागेको अँग वा भाग काटेर निकालिन्छ ।  २- किमोथेरापी - जसमा सुईँ वा ट्याब्लेटबाट क्यान्सरको औषधिहरू दिइन्छ ।  ३‍- रेडियोथेरापी - जसमा विकिरणहरु - एक्सरेको प्रयोग द्वारा क्यान्सरका कोषहरूलाई मारिन्छ ।  नेपालमा यि ३ वटै उपचार सम्भव छन् ।  - अहिले क्यान्सरकै सल्यक्रियामा पोक्त सल्यचिकित्सकहरू हुनुहुन्छ जसले निकै राम्रो सल्यक्रिया गर्नुहुन्छ ।  - किमोथेरापीका सबै औषधि नेपालमै पाइन्छन् र किमोथेरापीकै विशेषज्ञता लिएर आउनुभएका अँकोलोजिस्टहरू नेपालमै हुनुहुन्छ जसले गर्दा पहिला जस्तो विदेश जान पर्ने हुँदैन ।  - रेडियोथेरापीमा प्रयोग हुने विशेष प्रकारको मेसिनलाई लिनियर एक्सिलिरेटर भनिन्छ- जुन